गृहमन्त्रीसँग गुहार–मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीलाई कारबाही गरियोस्

राजविराज – मिटरब्याजीसँग आर्थिक लेनदेन गरी थप पीडित बनाएको भन्दै मिटरब्याजी पीडितहरुले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरुलाई कारबाही गर्न गृहमन्त्री गुहारेका छन् ।

समितिका पदाधिकारीहरुले दुवै पक्ष (मिटरब्याजी र पीडित)सँग ‘बार्गेनिङ’ गर्दै असुली गर्ने गरेको पाइएपछि उनीहरुले यसअघि पटक–पटक राजविराजमा पत्रकार सम्मेलन गरेरै गुनासो गरेका थिए । यद्यपी, समितिका पदाधिकारीहरुले ‘बार्गेनिङ’ गर्ने कार्य जारी नै राखेको भन्दै पीडितहरुले साउत ३१ गते काठमाडौं पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै कारबाही गर्न माग गरेका हुन् ।

‘संघर्ष समितिका अध्यक्ष मो.तैयब अलि, सचिवद्वय छेदीलाल पासवान र विन्दु साहले विभिन्न व्यक्ति (मिटरब्याजी र पीडित)सँग रकम लेनदेन गरेको प्रमाणसहित जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा मौखिक तथा अडिओ दिँदा समेत कुनै किसिमको कारबाही नगरेको’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

समितिका अध्यक्ष मो.तैयब अलि, सचिवद्वय छेदीलाल पासवान र विन्दु साहले लेनदेन गरेर मिटरब्याजीकै पक्षमा छलफल गराइरहेकोबारे जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्दा गुटबन्दी गरी पीडितहरुलाई गाली बेइज्जती गर्दै आएको पत्रमा उल्लेख छ ।

‘आक्रमक बन्दै गएको र गुटबन्दी गरी गाली बेइज्जती गर्दै थप पीडित बनाएकाले उनीहरुलाई कारबाही गरी न्याय पाउँ ।’, गृहमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

उता, समितिका अध्यक्ष मो.तैयबले आफुहरु पीडितकै पक्षमा काम गरिरहेको बताए । ‘केही व्यक्ति त्यस्तो लेनदेनमा हुनसक्छ तर समग्र समितिका पदाधिकारी गलत होइन, हामी पीडितकै पक्षमा वकालत गर्दै आएका छौं ।’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780