सामाजिक एकता र सद्भावको पक्षमा उभिन मलङ्गवाबासीसॅंग आमसञ्चार प्राधिकरणको अपिल

राजविराजआमसञ्चार प्राधिकरण, मधेश प्रदेशले सामाजिक एकता सद्भावको पक्षमा उभिन सर्लाहीको मलङ्गवाबासीसॅंग अपीलगरेका छन्

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शनिबार विज्ञप्ति जारी गर्दै विगत केही दिन यत मलङ्गवा नगरपालिकामा मूर्ती सेलाउनेक्रममा उत्पन्न द्वन्द्वका कारण सिर्जित प्रतिकुल अवस्थाले चिन्तित तुल्याएको जनाएको दुई साता अघि कृष्ण जन्माष्टमीको मूर्तिविसर्जनका क्रममा शुरु भएको विवाद साम्य भईसकेको अवस्थामा गत शुक्रबार साँझ गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडपभई घटनाले उग्र रुप लिँदै जानु अत्यन्तै दुःखद् हो विज्ञप्तिमा उल्लेख गरेका छन्

उनले उक्त घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै द्वन्द्वरत दुवै पक्षलाई संयमित हुन आग्रह समेत गरेका छन् सामाजिक एकता सद्भावको पक्षमा उभिन मलङ्गवाबासीलाई हार्दिक अपील गर्दछौं केही दिनयता अशान्त एवम् निरन्तर कर्फ्युजारी रहेकोले अवस्था सहज बनाउनका लागि सम्वद्ध सबै पक्षलाई आफ्नो तवरबाट गम्भीर बन्न आग्रह विज्ञप्तिमा भनिएको , ‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति परम्परा एकअर्काको आस्था, भावना परम्पराप्रति सहिष्णुता सहितसामाजिक सद्भाव एकताको पक्षमा रहँदैआएका छौं संविधानले सबैलाई धर्म मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेकोले एकअर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्ने कार्य कोही कसैबाट हुनु हुदैन जस्तोसुकै समस्या, बिमति चुनौतीहरु वार्तासम्वाद, सहमति,  सहकार्यबाट गर्न सकिने भएकोले यसतर्फ गम्भीर बन्न सम्वद्ध पक्षसँग आग्रह

अध्यक्ष यादवले उक्त उत्पन्न द्वन्द्व त्यसबाट सिर्जित घटनाहरुबारे विभिन्न सञ्चारमाध्यमहरुमा सम्प्रेषित समाचार तथा विचारहरुसन्तुलित रुपमा आइरहेकोले सञ्चारमाध्यम सञ्चारकर्मीहरुलाई धन्यवाद समेत दिएका छन्  आगामी दिनमा समेत मलङ्गवाकोअवस्थालाई पुर्ववत रुपमा सहज एवम् सहिष्णु बनाउनमा आफ्नो तवरबाट सकारात्मक भुमिका निर्वहनको लागि अनुरोध विज्ञप्तिमा भनिएको , ‘मलङ्गवामा उत्पन्न द्वन्द्व त्यसबाट सिर्जित घटनाहरुबारे फेसबुक, पेज, युट्युब, टिकटक, इन्टाग्रामलगायतका केही सामाजिक सञ्जालमा अतिरञ्जित, उत्तेजक, घृणा, द्वेष तथा द्वन्द्वलाई प्रोत्साहित गर्ने खालका भड्काउपूणर् पोष्ट एवम्सन्देशहरु प्रवाह भईरहेको पाईएकोले यस्ता कार्य नगर्न नगराउन आग्रह

उनले सामाजिक सद्भाव, भाइचारा, एकता एवम् सहिष्णुता अभिवृद्धि गर्ने कार्यमा आफ्नो भूमिका निर्वाह गरिदिन सबै पक्षमा अपीलसमेत गरेका हुन्

                                                 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780