जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्तआह्वान गरेको छ ।
सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको हो । सो दरखास्त पार्टीका सदस्यले मात्रभर्न पाउँने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
फर्म भर्नका लागि देशैभरका पार्टी कमिटीलाई भनिएको छ । तर दरखास्त भर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समितिसदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने छ ।
दरखास्त अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पार्टीको वेबसाइटमा अनलाइन फर्म राखिएको छ । जसअनुसार फर्म भर्न १५दिनको समय दिइएको छ ।