इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ — इजरायलमा प्यालेस्टाइन इस्लामिक समूह हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारलेप्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्धगराउने निर्णय गरेको हो । 

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जनानेपालीको मृत्यु भएको थियो ।

सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारीदिएको छ । बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस