इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीकाे उद्धार

काठमाडौं । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको छ। इजरायण्लमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् ।
बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो । उनीहरुले अब आफूहरुलाई चाँडै नेपाल फर्काउन आह्वान गरेका छन् । युद्ध क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याइएका विद्यार्थी सुदुरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएकाहरु हुन् ।
Author:



क्याटोगरी छान्‍नुहोस