सुरुङ्गाकी मेयर चौधरी सवार स्कोर्पिओले साइकललाई ठक्कर दिएपछि…

राजविराज – सप्तरीको सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरी सवार स्कोर्पिओले साइकलमा ठक्कर दिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका–११ बनौलीस्थित ना १ झ १६३७ नम्वरको स्कोर्पिओले बिहिवार साँझ साइकलमा ठक्कर दिएको हो ।

पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको उक्त स्कोर्पिओले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।

उनीहरुका अनुसार ठक्करबाट साइकलको अगाडीको चक्का र रिम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि आक्रमक बनेका स्थानिय र मेयर चौधरीबिच घम्साघम्सी समेत भएको थियो ।

यद्यपी, साइकलमा सवार रहेका खडक नगरपालिका–१० की १३ वर्षीया ऋषिका साह भने सकुशल रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस