आजदेखि सबै सरकारी कार्यालय ४ बजे नै बन्द हुने

जनकपुरधाम – आजदेखि सबै सरकारी कार्यालय अपराह्न ४ बजे बन्द हुने छ।

कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ।

राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

Author:



क्याटोगरी छान्‍नुहोस