मधेशका ऊर्जा राज्यमन्त्री चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते

जनकपुरधाम – मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन जना घाइते भएका छन्।

मंगलबार बेलुकी बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट सोही नगरपालिका–५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका–५ मोहनपुरका १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुरका १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको वीरगन्जमा उपचार भइरहेको छ । तीन घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनापछि गाडीका चालक फरार छन् । दुर्घटना के कति कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस