रहेनन् पत्रकार एवम् साहित्यकार झा

राजविराज– पत्रकार एवम् साहित्यकार शुभचन्द्र झाको निधन भएको छ । नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व कोषाध्यक्ष झाको ५५ वर्षको उमेरमा निधन भएको हो ।

मैथिली साहित्य परिषद् राजविराजका पूर्व अध्यक्ष समेत रहेका झा केही समयदेखि पिसाब सम्बन्धी समस्याबाट पीडित थिए । उपचारको क्रममा बुधबार उनको निधन भएको परिवारजनले बताए ।

राजविराज निवासी पत्रकार एवम् साहित्यकार झाको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ, सप्तरीले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि बिहिवार उनको सप्तकोशी नदी किनारमा अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय पत्रकार एवम् साहित्यकार झाको पत्नी, एक छोरा र तीन छोरी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस