रहेनन् पत्रकार एवम् साहित्यकार झा

राजविराजपत्रकार एवम् साहित्यकार शुभचन्द्र झाको निधन भएको नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व कोषाध्यक्ष झाको ५५ वर्षको उमेरमा निधन भएको हो

मैथिली साहित्य परिषद् राजविराजका पूर्व अध्यक्ष समेत रहेका झा केही समयदेखि पिसाब सम्बन्धी समस्याबाट पीडित थिए उपचारको क्रममा बुधबार उनको निधन भएको परिवारजनले बताए

राजविराज निवासी पत्रकार एवम् साहित्यकार झाको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ, सप्तरीले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि बिहिवार उनको सप्तकोशी नदी किनारमा अन्त्येष्टि गरिएको

स्वर्गीय पत्रकार एवम् साहित्यकार झाको पत्नी, एक छोरा तीन छोरी छन्

Author:



क्याटोगरी छान्‍नुहोस