सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

जनकपुरधाम– जिल्ला कारागार सिन्धुलीमा आज विहान एक कैदी बन्दीको मृत्यु भएको छ ।

गए राति खाना खाएर सुतेका दुधौली नगरपालिका –१० का ३० वर्षीय विमल थापाको बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको थियो ।

उपचारको लागि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयसिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनको मृत्युको कारण खुलेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस