आज भाइटीका, बिहान १० : ५१ मा उत्तम साइत

काठमाडौँआज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य

कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीकालगाइदिने चाड हो

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाटटीका ग्रहण गर्दैछन् आजको दिनलाई यमद्वितीया पनि भनिन्छ

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ दिदीबहिनीलाई पूजा गर्नालेअखण्ड सौभाग्य ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए

बिहान १०ः५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तमरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम लगाइमाग्ने दाजुभाइ पूर्वफर्कनुपर्ने समितिले जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस