सप्तरी युथ नेपालद्वारा जिप्रका अगाडि धर्ना, सुनुवाई नभए सशक्त आन्दोलन चर्काउने चेतावनी

राजविराजरामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथनेपालले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्

पूर्व निर्धारित आन्दोलनका कार्यक्रमअनुसार गत आइतबारबाट आन्दोलित युथआवद्ध युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि एक घन्टा धर्ना दिएका हुन्

०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका१० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए तरअहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य कामभएको छैन

लामो समयदेखि प्रतिष्ठान निर्माण कार्य अलपत्र रहेको भन्दै युवाहरुले पहिलो चरणमा आन्दोलित भएका छन् पहिलो चरणकोआन्दोलनअनुसार १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन, १३ गते बुधबार दिउँसो टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गतेबिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने थियो

त्यस्तै, १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथका कार्यबाहक अध्यक्षमोहन यादवले जानकारी दिए

उनले पहिलो चरण तहतको आन्दोलनले सुनुवाई नभए दोस्रो चरणमा थप सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिए उनले उक्तआन्दोलनमा साथ सहयोग गर्न जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, सञ्चारकर्मीसहितका सबै पक्षमाआग्रह समेत गरे

Author:



क्याटोगरी छान्‍नुहोस