नागढुंगाबाट पनि दुई किलो सुनसहित तीन जना पक्राउ

जनकपुरधाम–नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीनैजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले जनाएको छ । बिहीबार राति उनीहरूले रसुवागढी नाकाबाट सुन ल्याएको खुलेको छ ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि १४ किलो सुनसहित दुई जना पक्राउ परेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस