सान नेपालको नयाँ कार्यसमिति, सभापतिमा गौतम

काठमाडौं – नेपाल वाक् तथा श्रवण संघ (सान) को नयाँ कार्यसमिति गठन भएको छ । शनिवार काठमाडौंमा सम्पन्न साधारण सभाबाट रजत गौतमको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपसभापतिमा प्रभा दवाडी, महा–सचिवमा अनिल कुमार अधिकारी, सचिवमा निलम लामा, कोषाध्यक्षमा राम विनय यादव सर्वसम्मतले चयन भएका छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा क्रान्ती आचार्य, विकाश दुवाल, सविन सर्मा दुवाडी, सैलेन्द्र साह, अनुप घिमिरे र अशोक कुमार यादव चयन भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस