चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदैछन् ।

त्यसका लागि मंगलबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते काँग्रेस मधेशको सरकारबाट बाहिरिएको थियो । त्यसपछि नेकपा (एमाले) सरकारमा सहभागी भएको थियो ।

काँग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

१०७ सदस्यीय मधेश प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन् । नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३ सांसद छन् ।

लोकतान्त्रिक समाजवादीका ९, नेकपा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका १र१ सांसद रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार