बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

जनकपुरधाम–बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।

परियार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए । सोमबार राति परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्कर बाट घाईते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एलएस न्युरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस