मधेश प्रदेशसभाको बैठक किन भयो अवरोध ? (भिडिओ)

राजविराज–मधेश प्रदेश सभाको मंगलबार बसेको बैठक सुरु भएको केही बेरमै अवरोध भएपछि स्थगित भयो ।

जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको घटनाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित हुन पुग्यो ।

रोस्ट्रम घेराउपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस