सप्तरीमा लुटेराहरुले गरे बैंकका सुरक्षा गार्डको हत्या

राजविराज, २७ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । विहिवार विहान करिव ७ वजे सुरक्षा गार्ड ५६ वर्षीय पर्शुराम फुयाल सुतेकै ठाउँमा मृत फेला परेका थिए ।

गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरी रगटका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयालको  हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताए । ‘लुटपाट गर्ने उदेश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ’ उनले भने, ‘हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका  सप्तकोशी नगरपालिका– २ बस्ने मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस