गणतन्त्र दिवसमा अध्यक्ष उपेन्द्र यादवद्वारा शुभकामना

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १७ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली जनतामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय लोकतान्त्रिक, गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नु हुने सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ता भएकाप्रति उच्च सम्मान र घाइते तथा अपाङ्गता भएका वीर योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

शुभकामना सन्देशमा अगाडि भनिएको छ ‘आजको यस ऐतिहासिक दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमले मुलुकमा समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवाद प्राप्तिको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस भन्ने शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार