बोर्डरको हकमा दुईधार पूर्ण कुरा बढी देखियो : सिडिओ थापा

राजविराज, १९ जेठ–सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले बोर्डरको हकमा दुईधार पूर्ण कुरा बढी देखिएको बताएका छन् ।

शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको विदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘यहाँ काम गर्दा सबैतिरबाट सहयोग पाएकै हो तर बोर्डरको हकमा केहीले ‘टाइट’ हुनुपर्छ भन्ने र केहीले हुनुहुँदैन जस्ता कुरा देखियो’ उनले भने, ‘खास गरी भोजभजेरका लागि ल्याइएका समान छाड्न पर्यो, कर तिर्छु, भन्सार काटिदिनुस् भन्छन्, के–को भन्छु त चिनीको !’

त्यस्ता परिस्थितिहरु पनि देखिएको भन्दै सिडिओ थापाले यद्यपी काम गर्दा खेरी सप्तरी सहज नै रहेको बताए । ‘सप्तरीमा काम गर्दा धेरै कुरा सिक्न पाइयो’ उनले भने, ‘यहाँ दुई–चार जना व्यक्तिले स्वार्थ पूरा गर्नका लागि अलिक विवादीत गर्दौ रैंछ, तर ७ लाख जनसंख्या भएको जिल्लामा अन्य त राम्रै छ नि, एक सय प्रतिशत कुनै कुरा हुँदैन् ।’

सिडिओ थापाले सके जति काम गरेपनि कतिपय सोचेअनुसारको काम जनशक्तिको अभावका कारण गर्न नसकिएको बताए । ‘सहयोग गर्ने सप्तरी उद्योग वाणिज्य संघ, पत्रकारहरुसहितका सबैलाई धन्यवाद ।’, उनले भने ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अरुणकुमार प्रधान, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्दप्रसाद साह लगायतले सिडिओ थापालाई खादा र माला लगाएर विदाई गर्दै शुभकामना दिएका थिए ।

गत साउनको अन्तिम साता सप्तरी आएका सिडिओ थापाको जेठ १६ गतेको निर्णयअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा सरुवा भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस