मुख्यसचिव डा.अर्याल लगायतका उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

विशेष अदालतमा पेस गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टङ्क पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको छ ।

मुद्दा दर्ता पछि अर्याल स्वतः निलम्बनमा परेका छन् । ९ महिनासम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा अर्यालले स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए । त्यसबेला अहिले पनि भ्रष्टाचार मुद्दामा भोगिरहेका विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार