मधेश प्रदेशमा रकमान्तर विवादमा संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

जनकपुरधाम–मधेश सरकारका तत्कालिन अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९/८० मा मनोमानी ढंगले रकमान्तर गरेको भन्दै विवादपछि गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले सभामुख रामचन्द्र मण्डललाई आइतबार प्रतिवेदन बुझाएको हो ।

अर्थ मन्त्रालयमा ठूलो मात्रामा भएको अनियमित रकमान्तर विषयमा सत्ता साझेदार नेकपा (एमाले)को माग अनुसार २६ असार २०८० मा प्रदेश सभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटा दलका एक–एक जना सांसद छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार