यसरी खुल्यो ‘पैसा डब्बल’ गर्ने गिरोहको पोल (भिडिओ)

रामशंकर भण्डारी

राजविराज–सप्तरीमा ‘पैसा डब्बल’ गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार गर्दै उनलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले हरिनारायण यादव लगायतकाले दिएको जाहेरीका आधारमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा बस्ने ४८ वर्षीय रजकलाई पक्राउ गरिएको बताए ।

ती गिरोहमा संलग्न रहेका अन्य व्यक्तिको खोजि भइरहेको छ भने पक्राउ परेका रजकमाथि ठगी तथा आपराधिक विश्वास कसूरमा मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

पीडितहरुकाअनुसार ती गिरोहले पैसा डब्बल पार्नेदेखि विभिन्न मुद्दामा पक्राउ परेकालाई हिरासत र कारागारबाट छुटाउने नाममा ठगी गर्दै आएका थिए । तर, ती गिरोहले फैलाएको त्रास र डरका कारण पीडितहरुले प्रहरीमा उजुरी दिन सकेका थिएन ।

ती गिरोहबारे ‘मधेशलाईभ’ले समाचार सार्वजनिक गरेपछि पीडितहरु खुल्न थालेका छन् ।

यो पनिः

पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ हनुमानी पक्राउ (फलोअप) 

पैसा डब्बल गर्ने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर उर्फ हनुमानी  (फलोअप)

सप्तरीमा पैसा छापेर डब्बल गर्ने गिरोह ! 

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780