सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ ।

प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीसित भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे । त्यसपछि सैफ र ती व्यक्तिबीच हातपात भयो । यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ । अनुसन्धान भइरहेको छ ।”

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको एएनआईले उल्लेख गरेको छ ।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, राति करिब २.३० बजे सैफ अली खान र उनकी पत्नी करीना कपूरको बान्द्रास्थित घरमा एक चोर पसेको थियो । त्यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए ।

घटनास्थलबाट चोर भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उक्त रिपोर्टमा उल्लेख छ ।

घटनाबारे एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।” बीबीसी हिन्दीबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780