खाँडो खोलामा एक बालिकाको शव फेला

राजविराज–सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो खोलामा एक बालिकाको शव फेला परेको छ ।

बिहिवार विहान करिब डेढ वर्षीया बालिकाको शव फेला परेको हो । खोलामा गाडेको शवलाई  जनावरले निकालेको हुनसक्ने प्रत्यक्षदर्शीले बताए ।

उनीहरुका अनुसार जनावरले हात खुट्टा पनि खाइदिएको छ । सो विषयमा अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस