जनकपुरधाम, ४ माघ–सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रो गाडी साँझ साढे ५ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्रीस्थित विपी राजमार्ग सडकखण्डमा दुर्घटना भएको थियो।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
विहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।
दुर्घटनामा १२ जना घाइते भएका थिए । जसमध्ये ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ भने ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।