मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो

राजविराज–राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् ।

शनिबार बलिदानी दिवसको अवसरमा लहानमा रहेको सहिदहरूको सालिकमा श्रद्धा सुमन व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

‘मधेशले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध बिद्रोह गरेको हो। तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन्’ उनले भने, ‘मधेशी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् ।’

असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरेको अध्यक्ष महतोले दाबी गरे ।

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता समेत औंल्याए । उनका अनुसार मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनुपर्नेमा जोड दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780