सर्लाही, १४ चैत । कार्यसम्पादन संगै उपचारका लागि आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नती गरिएको छ।
अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको अस्पताल स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न प्रसाद सिंहले बताए।
सय बेडमा स्तरवृद्धि अस्पतालको क्षमतामा वृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदैआएको सेवा सुविधामा थप सुधार हुने अपेक्षा गरिएको अस्पतालका प्रमुख मेसु सञ्जिव सिंहले बताएका छन्।
प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी, पूर्वाधारमा ,सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूमा बिरामीको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने मेसु सिंहले जानकारी दिएका छन्। स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो ,यसले सर्लाहि क्षेत्रका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता हटेको जनसमुदायले विश्वास लिएका छन् ।