तनावग्रस्त वीरगञ्ज सामान्यतर्फ उन्मुख

वीरगञ्ज, ४ वैशाख । हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको विवादका क्रममा उत्पन्न तनाव साम्य हुँदै गएको छ ।
विगत पाँच दिनयता तनावग्रस्त बनेको वीरगञ्जको जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ । घटना पश्चात स्थानीय प्रशासन, राजनीतिक दल, धार्मिक संस्था, उद्योग वाणिज्य संघ, नागरिक समाज र वीरगञ्जवासीको संयम, समझदारी र सहकार्यले गर्दा अवस्थामा सुधार हुँदै गएको हो ।

पछिल्लोपटक बुधबार सम्पन्न भएको सर्वदलीय बैठकमा समाजका प्रतिष्ठित व्यक्ति, महानगरका ३२ वटै वडाध्यक्ष, धार्मिक संघसंस्था र अन्य सरोकारवालाहरूको सहभागिता थियो । बैठकद्वारा वीरगञ्जमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरिएको थियो ।

सबै क्षेत्रको साथ र सहयोगका कारण नगरको अवस्था सामान्य हुँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खुशी व्यक्त गरेका छन् । शान्ति सुरक्षाका लागि अग्रसर भएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्वद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् । चैत ३० गतेको अवस्था फर्काउने प्रयास भइरहेको तथा सोमबारदेखि लागु गरिएको जुलुस तथा प्रदर्शनसम्बन्धी प्रतिबन्ध चाँडै हटाइने समेत प्रजिअ अर्यालले जानकारी दिएका छन् ।
Picture : The Birgunj News

Author:



क्याटोगरी छान्‍नुहोस