चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। तीमध्ये तीन कम्पनीलाई डेढ वर्ष र एक कम्पनीलाई एक वर्षका लागि कारवाही गरिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा काठमाडौंको गोंगबुस्थित बिल्ड ब्रदर्स कन्सट्रक्सन प्रालि (मुख्य व्यक्ति छिरिङ लामा डोङ र पम्बर लामा), मकवानपुरका एस.एम. कन्सट्रक्सन (मुख्य व्यक्ति सहदेव गौतम), लमजुङको राना फर्निचर सहमलि उद्योग (मुख्य व्यक्ति सुकु रानामगर), र सल्यानको शारदा नगरपालिका–स्थित गौरीगोमा निर्माण सेवा (मुख्य व्यक्ति तुफान सिंह बुढाथोकी) रहेका छन्।

सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो भने अन्य तीनवटालाई डेढ वर्षका लागि कारबाही गरिएको छ।

निर्माण जिम्मा लिएर पनि काम सन्तोषजनक ढंगले नगरेका यस्ता कम्पनीहरूमाथि सरकारले कारबाही गर्दै आएको छ। कालोसूचीमा परेका कम्पनीहरू निर्धारित अवधिभर कुनै पनि सरकारी खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780