जनकपुरधाम, ६ असार । मधेश प्रदेश सरकारले मधेश मिडिया काउन्सिलको रिक्त रहेको बोर्ड सदस्य पदमा चार जनालाई नियुक्त गरेको छ ।
लामो समयदेखि खाली रहेको पदमा शुक्रबार चार सदस्यको नियुक्तिसँगै काउन्सिलले पूर्णता पाएको हो । नियुक्त हुनेमा सर्लाहीकी बन्दना झा, धनुषाकी रिंकु मिश्र, धनुषाका सुरेश यादव र सप्तरीका मुन्ना पासमान छन् । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको उपस्थितिमा उनीहरूलाई नियुक्तिपत्र प्रदान गरिएको थियो ।
यसअघि सरकारद्वारा काउन्सिलको अध्यक्षमा कमलकुमार उपाध्यायलाई नियुक्त गरिसकेको छ । नयाँ सदस्यहरूको नियुक्तिसँगै काउन्सिलको संरचना पूर्ण भएको छ । नियुक्त भएकाहरुमध्ये बन्दना र रिंकु यसअघिको कार्यसमितिमा समेत रहिसकेकी छिन् ।