उपचारका क्रममा दलित महिलालाई बलात्कारको प्रयास, ल्याब असिस्टेन्ट पक्राउ

राजविराज, १९ असार । सप्तरीको खडक नगरपालिका–८ विसनपुरकी एक दलित महिलालाई स्वास्थ्यकर्मीले नै बलात्कारको प्रयास गरेका छन् । पिसाब रोकिएर पेट दुख्न थालेपछि २१ वर्षीया महिलालाई गत मंगलबार (असार १०) राति स्थानीय एडभान्स अस्पताल कल्याणपुर लगिएको थियो ।

राति करिब ११ बजेतिर उनलाई अस्पतालमा पु¥याएपछि ल्याब असिस्टेन्ट श्यामकुमार मण्डलले एक्स–रे कक्षामा लगेर बलात्कारको प्रयास गरेको पीडित महिलाले बताइन् । ‘एक्स–रे गर्नुपर्छ भनि उसैले मलाई त्यो रुममा लग्यो, मस“ग आएका कसैलाई छिर्न पनि दिएनन्’ उनले थपिन्, ‘बेडमा सुत्न लगाएर जथाभावी मेरो गोप्य अंगमा हात हाल्यो, पाइप लगाएर पिसाब निकाल्नुपर्छ भनि फेरी अर्को रुपमा लग्यो ।’

पाइपबाट पिसाब निकालिसकेपछि मण्डलले बलात्कारको प्रयास गरेको पीडित महिलाको आरोप छ । ‘म बेडमा सुतिरह“दा नै दाँतले ओठमा टोक्दै पाइन्ट खोल्न थालेपछि म उठेर भागे“’ उनले भनिन्, ‘बाहिर सासूससुरा र श्रीमान् पनि हुनुहुन्थ्यो तर सासूससुराले विश्वास गर्दैनन् सोचेर श्रीमान्लाई साइडमा बोलाएर सबै कुरा सुनाए ।’

उनीहरुले घटनाको भोलिपल्ट असार ११ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी समेत दिएका छन् । जाहेरीपछि सोही दिन ल्याब असिस्टेन्ट मण्डललाई पक्राउ गरिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । उनकाअनुसार मण्डलमाथि बलात्कार मुद्दा दर्ता भएको छ ।
‘घटनाको प्रकृतिअनुसार जबरजस्ती करणी नै परिभाषित हुने भएकोले सो मुद्दामा थप म्याद लिई अनुसन्धान भइरहेको छ’, उनले भने । आरोपित मण्डलमाथि सप्तरी जिल्ला अदालतबाट गत बिहिबार ७ दिन र मंगलबार थप ४ दिन म्याद लिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस