सलेमपुरको सडकमा देखियो ‘अंग्रेज सरकार’को छाया

सरोज राय, सामाजिक अभियन्ता

जब ब्रिटिशहरूले भारतमा शासन गर्दथे, भारतीयलाई जनावर ठान्थे, उनीहरू बोल्दा आँखा फोडिन्थ्यो, संघर्ष गर्दा हात काटिन्थ्यो, विद्रोह गर्नेलाई “गद्दार” भन्दै झुन्ड्याइन्थ्यो।

नेपालमा मधेशीहरूप्रति राज्यको व्यवहार हेर्दा, त्यही अंग्रेजी शैली दोहोरिएको महसुस हुन्छ। मधेशीको आवाज, प्रश्न, र प्रतिरोध शासक वर्गका लागि सहनै नसकिने अपराध बनेको छ।

सर्लाहीको सलेमपुर आज लखनउ, मेरठ वा झाँसी बनेको छ। त्यहि गांवको पूर्व प्रदेशसभा सदस्य अशोक यादवले प्रहरी प्रमुख (एसपी) सँग पूर्वाधार निर्माणमा भइरहेको भ्रष्टाचारबारे टेलिफोनमा कुरा गर्छन्। उनले प्रश्न गर्छन् “किन कमीशनखोरलाई संरक्षण दिइँदैछ?” फोनमै दुवै तिरबाट चर्काचर्की सुरू हुन्छ, त्यहि बिच एसपी “मार साले!” भनेर गालीको सुरूवात गर्छ त्यसपछि आक्रोशित हुँदै अशोक यादव पनि गाली फर्काउँछन्।

यति विषय लिएर अशोक यादव माथि ‘आपराधिक उपद्रव’ को मुद्धा लगाई उनलाई पक्राउ गर्न हजारौंको संख्यामा प्रहरी परिचालन गरिन्छ। सलेमपुरको दृष्य जालियावाला बाग झैं भएको छ।
यो दमन केवल अशोक यादव माथि होइन, सम्पूर्ण मधेशी समुदायको आवाज थुन्ने प्रयास हो। जसरी अंग्रेजहरूले बिद्रोहीहरूलाई दबाउँथे, त्यही शैलीमा मधेशीहरूलाई कानुनको नाममा दमन गरिँदैछ।
हामी प्रश्न गर्छौं – गाली शुरू गर्ने एसपीमाथि किन कारबाही हुंदैन? अशोक यादवले एसपी माथि लगाएको आरोप “भ्रष्टाचार र संरक्षित कमिशनखोरी” माथि छानविन हुने कि नहुने ? यो “नयाँ नेपाल” होइन, यो पुरानै सामन्ती संरचनाको पुनर्जन्म हो।
सामाजिक अभियन्ता सरोज रायको फेसबुक वालबाट साभार ।

Author:



क्याटोगरी छान्‍नुहोस