जसपा सप्तरीको अध्यक्षमा ३० मतको अन्तरले केदार विजयी

राजविराज, २० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्ष पदमा केदार प्रसाद यादव विजयी भएका छन्।

प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतको अन्तरले उछिन्दै केदारले २ सय ३५ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्ष पदका प्रत्यासी उमेेशले २ सय ५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा लक्ष्मण यादव २ सय ३५ र हरेराम यादवले २ सय २६ मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्ष पदमा राजेश्वर राय १ सय ८५ तथा उषा साहले १ सय ७४ मत प्राप्त गरेका छन् ।

सचिवमा निरज मुक्ती २ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी शम्भु यादले २ सय ३० मत पाएका छन् ।

यसैगरी उपसचिवमा रामेश्वर यादव २ सय ३५ र रिता चाैधरी २ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उपसचिव पदका प्रत्यासी राहुल मण्डल २ सय २३ र दाउद हुसेन १ सय ७३ मत प्राप्त गरेका छन् ।

काेषाध्यक्ष पदमा अमरेन्द्र यादव २ सय ३५ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्दी अभिनय यादवले निकु २सय १० मत प्राप्त गरेका छन्।

कुल ५ सय १८ मतदाता रहेकोमा ५ सय ४ जनाले मतदान गरेका थिए ।

  • पत्रकार चन्दन कुमार यादव /मतगणना स्थल, राजविराज
Author:



क्याटोगरी छान्‍नुहोस