राजविराज । सप्तरी जिल्लामा परेको अबिरल वर्षापछि उत्पन्न बाढीको कारण डुबानमा परेका ४२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाको सुरक्षावेस भगलिबाट स.से. सुकमन तामाङको कमाण्डमा खटिएको १÷१३ नफ्रीको टोलीले आइतबार सप्तकोशी नगरपालिका–६ स्थित बोचनी पोखरियामा बाढीमा फसेकाहरूको उद्धार गरेको हो।
उक्त क्षेत्रमा करिब ६१ घरधुरी डुबानमा परेपछि महिला, बालबालिका, वृद्धवृद्धा र असक्त व्यक्तिहरू सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।
बाढीले स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ भने उद्धारपछि स्थानीय निकाय र सुरक्षाकर्मीहरू आवश्यक राहत तथा सहयोगको समन्वयमा जुटिरहेका छन्।