कल्टुदास पोखरीमा बृहत सरसफाइ (फोटो फिचर)

राजविराज नगरपालिका स्थित कल्टुदास पोखरीमा आज बृहत रुपमा सरसफाइ गरिएको छ।
आगामी दीपावली र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त अभियान सप्तरी युथ नेपाल, जेनजी सप्तरी, सशस्त्र प्रहरी, वैष्णवकाली लक्ष्मी पूजा युवा समिति र युवा अभियन्ता बिनोद यादव समेतको संयुक्त पहलमा सरसफाइ गरिएको हो । पोखरी र आसपासको क्षेत्रमा सरसफाइ गरिएको जनाइएको छ । उक्त कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त पाेखरीमा छठ पर्व मनाउने गरिन्छ ।

Pic. Bindaas Jakaullah Raja/Rajbiraj

Author:



क्याटोगरी छान्‍नुहोस