सप्तरी ३ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताका साथ उनले शम्भुनाथ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । जसपा नेपालका अध्यक्ष यादवको प्रस्तावकमा जसपा नेपालका नेता शैलेन्द्र प्रसाद साह र समर्थकमा विन्देश्वर प्रसाद यादव बिक्की रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस