काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षणमा पार्टीका सांसदहरूलाई सहभागी गराइएको छ । उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यक्रमको उद्घाटन गरेका छन् ।
प्रशिक्षणले सांसदहरूको कानुनी, नीतिगत तथा संसदीय सीप विकास गरी संसद्लाई जनमुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो दिन संसद्, सरकार र पार्टीबीचको समन्वय तथा संसदीय प्रक्रियामा केन्द्रित सत्र सञ्चालन हुने जनाइएको छ । पार्टीका महामन्त्री भूपदेव शाह, उपनेता गणेश पराजुली र सांसद निशा डाँगीले प्रशिक्षण दिनेछन् ।
यसैगरी दोस्रो दिन राजनीतिक आचरण, कूटनीति र निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने पार्टी श्रोतले जनाएको छ ।