कर्मचारीको तलब १० प्रतिशत बढ्यो, प्रोत्साहन भत्तासहित २१ प्रतिशतसम्म वृद्धि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले पछिल्ला चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब नबढेको र यस अवधिमा १७.३ प्रतिशतसम्म मूल्यवृद्धि भएकाले पारिश्रमिक पुनरावलोकन आवश्यक भएको बताए ।

उनका अनुसार नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले आधारभूत तलबसँगै कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ता पनि पाउनेछन् । यसअघि दिइँदै आएको पाँच हजार रुपैयाँ महँगी भत्ता भने यथावत रहनेछ । यी सबै व्यवस्था जोड्दा कर्मचारीहरूको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ ।

नयाँ तलबमानअनुसार मुख्यसचिवको आधारभूत तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । प्रोत्साहन र महँगी भत्ता जोड्दा मुख्यसचिवको मासिक पारिश्रमिक झण्डै ९८ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ । महँगी र प्रोत्साहन भत्ता थपिएपछि उनीहरूको मासिक पारिश्रमिक करिब ३८ हजार रुपैयाँ पुग्ने बताइएको छ । AI Generated image

Author:



क्याटोगरी छान्‍नुहोस