अभिभावकविहीन सदा भाइ–बहिनीको सहारा बनिन् डा. बबी

राजविराज । रसुवामा आएको विनाशकारी बाढीमा बुवा गुमाएका सप्तरीको राजविराज नगरपालिका–१६, बोरियाका दुई बालबालिकाको संरक्षण र पढाईको जिम्मेवारी डा. बबी सिंहले लिने घोषणा गरेकी छन्।

मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य सिंहले १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी बिभा बालिग नहुन्जेलसम्मका लागि जिम्मा लिएकी हुन् । नेता यादवले खाने, बस्ने र अध्ययनलगायत सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेकी छिन् ।

दुवै बालबालिकाका फुलियादेवीको गत वर्ष नै मृत्यु भइसकेको छ । निधनपछि उनीहरूका लागि बाबु बेचन सदा नै मुख्य सहारा बनेका थिए । रोजगारीका लागि रसुवा पुगेका ४५ वर्षीय बेचन भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् ।

बेचन परिवारको आर्थिक अवस्था सुधार्न तथा श्रीमतीको उपचारका क्रममा लागेको ऋण तिर्न रकम जुटाउने उद्देश्यले रसुवा पुगेका थिए । उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा डन्डी बाँध्ने मजदुरका रूपमा कार्यरत थिए ।

बुवा बेपत्ता भएपछि बालबालिका अभिभावकविहीन बनेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि डा. सिंह उनीहरूको घरमै पुगेर दुवै बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने घोषणा गरेकी छिन् । उनीहरुलाई बोदे बरसाइन नगरपालिका–५, बोदे बरसाइन बजार स्थित आफ्नै घरमा राखेर चन्द्रा नमुना माध्यमिक विद्यालयमा भर्ना गर्ने बताएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस