प्रदेश १ मा कोरोना संक्रमित दर बढ्दै, एकै दिन थपिए ८५७ संक्रमित

बिराटनगर । प्रदेश १ मा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। स्वास्थ्य सतर्कता नअपनाउँदा पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमणदर बढ्दै गएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३६४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र तीन महिला छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस