मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश २ सहित ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेर्ने तयारी

जनकपुरधाम । मन्त्रिपरिषदको नियमित बैठक आज ३ बजे बस्दैछ । मन्त्रिपरिषदको कार्यसूची भने जानकारी गराइएको छैन । तर, सत्तारुढ जनता समाजवादीका नेता आजै तीनजना प्रदेश प्रमुख फेरिने दावी गरेका छन् ।

“आजकै मन्त्रिपरिषद बैठकबाट गण्डकी, लुम्बिनी र प्रदेश–२ का प्रदेश प्रमुख परिवर्तन हुँदैछन्,” जनता समाजवादी पार्टीका एक नेताले मधेशलाईभसँग भने, “ओली सरकारले जवरजस्ति फेरेका प्रदेश प्रमुखहरु विस्तारै विस्थापन हुने छन् ।”

उनले प्रदेश–२ का राजेश अहिराज मधेसीलाई गाली गरेर ओली निकट भएर नियुक्ति लिएकाले उनलाई त्यो पद उपयुक्त नभएको दावी गरे । उनले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव र गण्डकीकी सीता पौडेलले विधि र प्रक्रियाभन्दा आफ्ना पार्टीका मूख्यमन्त्रीको इच्छालाई प्राथमिकता दिएकाले उनीहरु पनि त्यस पदका लागि अयोग्य रहेको उनको भनाइ छ ।

प्रदेशसभा अवधिभर कार्यकाल तोकिए पनि ओली सरकारले सुरु नियुक्त प्रदेश प्रमुखहरु हटाएर नयाँ नियुक्त गरेपछि केन्द्रको शक्ति सन्तुलन अनुसार प्रदेश प्रमुखको फेरबदल हुँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस