पहिलो जितसँगै भारतको सेमिफाइनल सम्भावना जिवितै

जनकपुरधाम । भारतले टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेर सेमिफाइनल सम्भावनालाई जिवित राखेको छ । बिहीबार राति भएको खेल भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो ।

भारतले दिएको २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनायो ।

अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै कप्तान मोहम्द नावीले ३५ रन बनाउँदा रहमनगल्लाह गरुवाजले १९ रन बनाए ।

बलिङतर्फ भारतका लागि मोहम्दन श्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रवीचन्द्र आश्विनले दुई विकेट लिए । जस्प्रित भुम्राहले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले लागि केएल राहुल र रोहित शर्माको अर्धशतकको सहयोगमा अफगानिस्तानलाई जितका लागि २११ रनको लक्ष्य दिएको थियो । रोहित शर्माले ४७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७४ रन बनाए । केएल राहुलले ४८ बल खेलेर ६ चौका र २ छक्काको मद्दतमा ६९ रनको अर्धशतकीय पारी खेले । यस्तै हार्दिक पाण्ड्याले ३५ रन बनाउँदा रिशव पन्तले २७ रनको योगदान गरे ।

अफगानिस्तानका लागि बलिङतर्फ गुल्बदीन नावीले र करिम जन्नतले समान एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै भारतले तीन खेलबाट २ अंक जोडेको छ । समूह ‘बी’मा रहेको भारतको यो पहिलो जित हो । यसै समूहमा रहेको अफगानिस्तान चार खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । ८ अंक जोडेर शीर्ष स्थानमा रहेको पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

यता ४ अंक जोडेको न्युजिल्यान्ड ४ अंक जोडेर समूहको तेस्रो स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस