तीन महिना भित्र राजविराजको मुहार फेरिने : मेयर यादव

राजविराज, २७ कार्तिक । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले तीन महिना भित्र राजविराज नगरपालिकाको मुहार फेरिने बताएका छन् । शनिवार वडा नम्वर ८ को नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा धेरै योजनाहरू आएकोले चाडै नै ती योजनाहरू सम्पन्न भई नगरपालिकाको सौन्दर्य नै फेरिने बताए । राजविराज हटिया, राजविराज बस पार्क लगायत नगरभित्रको रिंग रोडका कार्यहरू पनि तीन महिना भित्रै सम्पन्न मेयर यादवको दावी छ ।

ठेकेदारको लापरवाहीका कारण नगरबासीलाई धेरै समस्या भइरहेकोले भन्दै मेयर यादवले सो समस्या समाधान गर्न ठेकेदार कम्पनीहरुलाई बारम्बार ताकेदा गरिरहेको बताए । तीन महिना भित्र निर्माणाधिन सडकहरु पिच भइसक्ने उनले बताए ।

वडा नम्वर ८ का वडा अध्यक्ष जय नारायण मण्डलको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रमको संचालन वडा नम्वर ६ का वडा अध्यक्ष प्रेम यादवले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस