पार्टी संयोजक पाण्डेलाई निष्कासन गर्ने विवेकशील साझाको निर्णय

जनकपुर, ६ पुस। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएपछि विवेकशीलले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो नभएपछि कारबाही गरिएको उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस