जनमत पार्टीका लोकमार्ग केन्द्रित आन्दोलन स्थगित

जनकपुरधाम, २१ माघ । जनमत पार्टीले लोकमार्ग केन्द्रीयत आन्दोलन स्थगित गरेको छ । मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका/नगरपालिका केन्द्रित कार्यक्रम गर्न पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले शुक्रबार विज्ञप्तिमा निर्देशन दिइएको छ ।

मौसमले साथ दिएमा किसानहरूसँग अन्तक्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ । साथै माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने जनाएको छ ।

जनमत पार्टीको निर्णयः

१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं ।

२. २०७८ माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यस अन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हन अनुरोध छ।

३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ।

४. किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार