सप्तरीमा राष्ट्रपति भण्डारीको पुत्ला जलाइयो

राजविराज, ५ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध राजविराजमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका सहभागीहरुले राष्ट्रपतिको सो कार्यले संविधान र संसदीय प्रणालीको उपहास भएको दावी गरेका हुन् । स्थानीय गजेन्द्र चोकबाट निकालिएको जुलुसले बजार परिक्रमासँगै राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राष्ट्रपतिले तत्काल पद छाड्नुपर्ने माग गर्दै उनीहरुले राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेका थिए । सो क्रममा प्रहरी र कार्यकर्ताबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

उता, जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पथरगढा चौकमा राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन् । जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा निकालिएको जुलुसले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस