झन–झन संक्रामक बन्दै डेंगु महामारी

काठमाडौं, २ असोज । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ ।

संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।

टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’अबगकभ कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस