जनकपुरधाम – मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । संघ सरकारले छठ पर्वकाे मुख्य दिन आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।