तीन दलले आज घोषणापत्र सार्वजनिक गर्दै

जनकपुरधाम – आगामी निर्वाचनका लागि तीन वटा राजनीतिक दलले आज घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्न लागेकाे हाे ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यस्तै, एकीकृत समाजवादीले पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ । एकीकृत समाजवादीले घोषणापत्र लेखनका लागि उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बिहान साढे ११ बजे बानेश्वरको एउटा ब्याङ्क्वेटबाट घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संक्षिप्त घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमा अनावश्यक कुरा नराखिएको र गर्न सक्ने काममात्र उल्लेख गरिएको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस